धनगढी। धनगढीमा एक बालकको करेन्ट लागेर मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ डी गाउँका पुष्पराज उपाध्यायको ७ वर्षीय छोरा बेदप्रसाद उपाध्यायको करेन्ट लागेर आइतवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छुन गई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।