धनगढी : सफा एवं शुन्दर धनगढी बनाउन जथाभावी फोहोर फाल्र्न पुर्ण रुपमा बन्द गरेको धनगढी उपमहानगरपालिकाले सोही फोहोर संकलन गरी मोहरा कमाउन थालेको छ । धनगढी उपमहानगरपालिकाले टोल÷टोलबाट संकलित फोहरलाई बर्गिकरण गरी आम्दानीको श्रोत बनाएको छ । उपमहानगरले फोहोर बर्गिाकरण केन्द्रबाट बर्गिकरण गरी नकुहिने फोहोरलाई ग्याँस तथा मल उत्पादनमा लगाउने र बाँकी कुहिने फोहोर ल्याण्डफिल साइडमा ब्यवस्थापन गर्ने गरेको छ ।
सुक्षम तरिकाले फोहोको वर्गिकरण गरी अधिक्तम फोहोरको पुनः प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको धनगढी उप महानगरको शुक्षम वर्गिाकरण केन्द्र बिहिबार उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिका २ स्थित सरस्वति टोलको वायोग्यास प्लान्ट संगै उप महानगरले शुक्ष्म फोहोर वर्गिाकरण केन्द्र निर्माण गरेको हो । सो स्थानमा उप महानगरबाट संकलन भएको नकुहीने फोहोर जम्मा गरेर शुक्षम तरिकाले वर्गिकरण गरिने धनगढी उप महानगरपालिकाका फोहनेरमैला परामर्शदाता कृष्ण भण्डारीले बताए । नगर क्षेत्रबाट संकलन भएको नकुहिने प्लास्टिकजन्य, फलाम, रबर, कागज र शिशाजन्य फोहर संकलन गरेर सुक्ष्म वर्गीकरण केन्द्रमा अलग–अलग छुट्याएर राखिने उनले बताए । यहाँ नकुहिने फोहोर मात्रै ल्याउने र त्यसको प्रकृती अनुसार अलग–अलग छुट्याएर भण्डारण गरिने उनको भनाई छ ।
उप–महानगरले फोहोरलाई नगरको आयश्रोतको माध्याम बनाउने उद्देश्यले शुक्षम वर्गिकरण केन्द्र निर्माण गरिएको जनाइएको छ । धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ देखि ८ सम्मको फोहर संकलन गर्दा स्रोतमै कुहिने र नकुहिने फोहर अलग–अलग संकलन गर्ने गरेको छ। कुहिने फोहर संकलन गरेर वडा नम्बर २ मै रहेको व्यायो ग्यास प्लान्टलाई दिने गरिएको छ भने नकुहिने फोहर सुक्ष्म व्यवस्थापन केन्द्रमा ल्याएर वर्गीकरण गरिने छ । हाल धनगढीबाट दैनिक ३० टन फोहरमैला संकलन भइरहेको छ । जसमध्ये १२ देखि १५ टन कुहिने फोहर छ भने बाँकी नकुहिने फोहर उपमहानगरले संकलन गर्दै आएको वातावारण अधिकृत अशोक अवस्थीले बताए । ‘हामीले नगर क्षेत्रबाट दैनिक संकलन गरेको नकुहिने मोहरमैला यहाँ ल्याएर वर्गीकरण गर्ने छौँ । वर्गीकरण गरिएको फोहरमैला बिक्रीबाट आम्दानी गर्ने योजना उपमहानगरले बनाएको छ,’ उनले भने, ‘फोहरमैला बिक्रीबाट फोहरमैला व्यावस्थापनको खर्च उठाउने लक्ष्य उपमहानगरको छ ।’ नगर क्षेत्रबाट संकलन गरिएको नकुहिने फोहर सुक्ष्म व्यवस्थापन केन्द्रमा पुगाएर फोहरको प्रकृतिअनुसार छुट्टाछुट्टै वर्गीकरण गरेर भण्डारण गरिने छ । नकुहिने फोहर र कुहिने फोहर अलग–अलग कसरी राख्ने भन्ने कुराको जानकारी समुदायस्तरमा दिइएको छ ।
फोहरमैलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै फोहरलाई मोहरमा रूपान्तरण गर्ने अभियानको सुरुवात भएको उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन् । ‘धनगढी उपमहानगरपालिकालाई स्वच्छ र स्वस्थ बनाउने अभियान अन्तर्गत आजबाट फोहरमैला वर्गीकरण केन्द्र सञ्चालनमा आएको छ,’ उनले भनिन्, ‘सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा आएसँगै फोहरलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनेछ । उपमहानगरले फोहरलाई मोहरमा रुपान्तरण गर्ने अभियान थालेका हो ।’
उप–महानगरले भविश्यमा फोहोरको बजारीकरण संकलन गरेको राजस्वलेनै नगरको फोहोर व्यवस्थापन गर्न सक्ने स्थितीमा ल्याउने योजना बनाएको छ । अहिले उप महानगरले फोहोर व्यवस्थापनमा आफ्नो श्रोत खर्च गर्दै आएको भएपनि आगामी दनिमा फोहोर वेचको पैसालेनै फोहोरको व्यवस्थापन गर्न सक्ने स्थिती बनाउने उपमहानगरको लक्ष्य छ । फोहोरलाई नगरको आयश्रोतसंग जोड्ने काम सफल बनाउन नगरवासीको सहयोग अपरिहार्य हुने अपेक्षा लिइएको छ । नगरवासीले घर तथा अन्य फोहोर उत्पादन हुने क्षेत्रबाटनै कुहीने र नकुहीने फोहोर छुट्याएमात्रै उप महानगरले फोहोरलाई आम्दानीको श्रोतसंग जोड्न सक्ने उपमहानगरको भनाई छ ।
उप महानगरले शुक्ष्म वर्गिाकरण केन्द्र निर्माणमा २५ लाख ५१ हजार ४ सय ५० रुपैंया लाग्ने अनुमान गरेकोमा २२ लाख ३ हजार ८ सय ३१ मा केन्द्र निर्माण सम्पन्न भएको हो । त्यसैगरी शुक्षम केन्द्रको फेन्सिङमा ११ लाख ६८ हजार ४ सय ७९ रुपैंया खर्चको अनुमान गरिएकोमा ९ लाख ५२ हजार २ सय ९७ खर्च भएको छ । धनगढी उपमहानगरले सो फोहोर देव तालिम केन्द्र संग सहकार्य गर्दै बनाइएको वायो ग्याँस प्लान्टलाई दिदै आएको छ । सो प्लान्टले दैनिक १ सय सिलिन्डर भन्दा बढी ग्याँस उत्पादन गर्दै आएको छ भने, सोही फोहोरबाट मल समेत उत्पादन हुँदै आएको छ ।