धनगढी : कैलालीमा २ मिटरव्याजी पक्राउ परेका छन्। (हिजो) सोमबार जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका(५ का यज्ञ तिवारी पक्राउ परेका हुन्।
हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका मालिक तिवारीलाई हिजै थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले बताए । प्रहरी स्रोतका अनुसार तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको थियो।
उनीहरुलाई सोही उजुरीका आधारमा मिटरव्याज अन्तरगत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाइएको जनाइएको छ। यस्तै, प्रहरी नायब उपरिक्षक चन्दले म्याद थपका लागी अदालत लगिएको र उनीहरूमाथि थप अनुसन्धान भैरहेको बताए।