कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का वडाअध्यक्ष रविन्द्र देबकोटामाथि भएको कुटपिटको छानविन गर्न समिति गठन भएको छ। नेकपा एमालेको केन्द्रीय कार्यालयमा सोमबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष युवराज ज्ञवाली संयोजक रहेको तीन सदस्यीय छानबिन समिति बनाएको हो ।
समितिका सदस्यमा मोर्चा फाँट प्रमुख भानुभक्त ढकाल र ज्वालाकुमारी शाह सदस्य छन् । शनिबार एमाले निकट युवा संघको एक समूहले देबकोटामाथि आक्रमण गरेर घाइते बनाएको थियो ।राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशन निर्वाचन संघको जिल्ला समितिको नामावली पार्टी कार्यालयमा टाँस गर्ने क्रममा संघका नेता तथा कार्यकर्ताले टाउकोमा आक्रमण गरेको प्रहरीले जनाएको छ। घाइते देबकोटाको काठमाडौंमा उपचार भइरहेको छ।
उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको परिवारजनले बताएका छन्। जिल्ला अधिवेशन निर्वाचन समितिका सदस्य रहेका देबकोटामाथि आक्रमण गर्ने ८ जनाविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगको किटानी जाहेरी परेको छ। देवकोटाको टाउको, छाती लगायत शरिरका विभिन्न भागमा टाउकोमा चोट लागेकोले महाकाली प्रादेशिक अस्पताल,धनगढीस्थित मायामेट्रो अस्पताल हुँदै काठमाडौंमा लगेर उपचार भइरहेको हो। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।
कञ्चनपुरमा युवा संघको निर्वाचनका सदस्यमाथि आक्रमण, अवस्था गम्भीर