धनगढी । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भजनि कैलालीले मृत्यु दावी भुक्तानी गरेको छ । भजनि नगरपालिका वडा नम्बर ९ भुरुवाकी जगमति राजिको मृत्यु भएपछि बीमा वापतको ७८,०००र( रुयैयाँ परिवारका सदस्य लाई हस्तान्तरण गरेको छ ।
उक्त नगद रकम भजनि शाखाका कर्मचारीहरू तथा स्थानीय भद्र भलाद्मी को उपस्थितिमा मृतकको श्रीमान मदन राजि लाई हस्तान्तरण गरेकोे शाखा प्रबन्धक सुदर्शन तिमल्सिनाले जानकारी दिए ।
मृतकको श्रीमान मदनले पत्निको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बेला लघुवित्तको यस सहयोगले केही मात्रामा भएपनि राहत मिलेको बताए।