बैतडी। बैतडीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण खसेको पहिरोले जयपृथ्वी राजमार्ग अन्तरगत बैतडीको झौलेक र श्रीभावरमा गएराति सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पहिरो पन्छ्याउनका लागि पहिरो खसेको ठाउँमा डोजर पुगिसकेको बताए। पहिरो पन्छ्याउने काम भइरहेकाले सडक सुचारु हुने उनले बताए। राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने सवारी साधन, बैतडीको पुर्चौंडी र सिगास जाने सवारी साधन र बझाङबाट अन्यत्रका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएको बताइएको छ।