धनगढी। धनगढीमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाएर दुरुपयोग गरेको पाइएको छ । शनिबार सार्वजनिक विदाका दिन धनगढीमा सरकारी सवारीसाधन चलाएर दुरुपयोग गर्नेहरुलाई अनेरास्ववियु कैलालीले १ दर्जन बढी सवारीलाई नियन्त्रणमा लिएको हो।
शनिबारका दिन स्थानीय प्रशासनबाट कुनैपनी अनुमती नलिएर चलाइएका सरकारी सवारीसाधन नियन्त्रणमा लिएको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले जनाएको छ। अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले आज दिनभर धनगढीमा बिदाको दिन पनि सार्वजनिक सवारी चलाएर दुरुपयोग गरेको भन्दै सवारी र चालकलाई लिइएको बताए।
उनले जिल्ला प्रशासनबाट चिट नकाटेर अनावश्यक काममा हिंडेका १ दर्जन बढी सवारीचालकलाई नियन्त्रणमा लिएको बताए । पहिलोपटकका लागि सम्झाईबुझाई छोडिएको बताउँदै आयन्दा त्यस्तो भेटिए कार्वाही गरिने बताए। उसले धनगढीको सहिद गेट लगायतका क्षेत्रमा चेकिङ गरिएको छ।अनेरास्ववियुले सुशासन कायम गराउन सरकारी सवारीसाधन चेकिङ गरिरहेको बताएको छ।