दार्चुला। मंगलबार राति दार्चुलाको एक पसलमा आगलागी भएको छ। दार्चुलाको महाकाली नगरपालिका ४ रिङन ताल नजिक तिंकर सडकखण्डमा रहेको जमन सिंह धामीको धामी ट्रेडर्स एण्ड ईलेक्ट्रोनिक पसलमा आगलागी हो ।
मंगलवार राति १०बजेको समयमा अचानक विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ। आगलागी हुनासाथ अस्थाई प्रहरी पोष्ट पुलघाटबाट खटिएको प्रहरी टोली र स्थानियहरूको सहयोगमा राति १०ः३० बजे पुर्ण रुपमा आगलागी नियन्त्रणमा आएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी)तर्कराज पाण्डेयले आगलागी राति नै प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको बताए।
आगलागीबाट मानविय क्षति नभएको र पसल भित्र १ तर्फ राखिएका ईलेक्ट्रिक सामानहरू जलि नष्ट भएको र क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुला जनाएको छ।