कैलाली। धनगढीमा झण्डै डेढ लाख रुपैयाँ बराबरको वेवारिसे सामान फेला परेको छ ।
धनगढी उपमहानगरपालिका–३ डिलासैनी टोल र भन्सार नजिकबाट सो मूल्य बराबरको लेडिज सुट, सारी, धोती, थानकपडा, चिनी, दाललगायतका सामान मंगलवार दिउँसो गस्ती टोलीले फेला पारेको प्रहरीले जनाएको छ । बेवारिसे अबस्थामा फेला परेका ती सामान भन्सार कार्यालय त्रिनगरमा पठाइएको बताइएको छ ।