धनगढी : कैलालीमा फेरी लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् ।
जिल्लाको टिकापुर नगरपालिका १ का २० बर्षिय रोमन चौधरी सहित ३ जनालाई सोमबार साँझ प्रहरीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट लागुऔषध ३ ट्याब्लेट नाईट्राभेट र २४ ट्याब्लेट स्पाससहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिईएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको बताएको छ।