धनगढी : कैलालीको गोदावरी, बुडितोला बिचमा पर्ने सेल्फीडाँडा नजिक सडक भाँसिदा सडक अवरुद्ध भएको छ । प्रदेशका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको हो । गएरातिको बर्षले सडकको धेरै ठाउँमा पहिरो गएको छ भने केही ठाउँमा सडक भासिएको हो ।
सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी,दार्चुला, डडेल्धुरा,बझाङ, डोटी, अछाम र बाजुरा आउने सवारी साधन र तराईका जिल्ला तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीचबाटोमै रोकिएका छन् । सडक सुचारु नहुँदा यात्रुहरुको विचल्ली भएको छ ।
प्रहरीले भने पहिरोको पूर्ण विवरण नआएको जनाएको छ।