धनगढी : कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–२ पिपल चौतराबाट १०० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका ३१ वर्षीय मालराम डगौरा आईतवार साँझ पक्राउ परेका हुन् ।
प्रहरी चौकी त्रिनगरबाट खटिइएको प्रहरी टोलीले उनको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको हो । यस्तै जिल्लाको गौरीगंगा नगरपालिका–८ बढैपुरबाट २१० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २३ वर्षीय खगेन्द्र बाठामगरसहित पाँचजनालाई आईतवार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको हो । यस सम्बन्धमा थपअनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।