धनगढी :दार्चुलाको महाकाली नगरपालिका ४ का ६६ बर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका ४ सिप्टीका ७० बर्षीय गौरसिंह ठगुन्ना चरेस सहित पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका ३ कर्कलेबाट ६ केजी १ सय ग्राम उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले दुवै जनालाई सोमबार बिहान १ बजेतिर पक्राउ गरेको हो । प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा दुवै जनाले बोकेको झोलमा प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको हो । पक्राउ परेका दुवैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।