धनगढी। धनगढी उपमहानगरपालीका वडा नम्बर २ मा डेङ्गो रोग नियन्त्रण सम्बन्धि लार्भा नष्ट गर्ने अभियान गरिएको छ। धनगढी २ मा सुपर परियोजना र धनगढी उपमहानगरपालिकाको साझेदारी र सिइआरटी (CERT )समूह मिलनचोकको आयोजनामा युरोपियन युनियन,युएनडिपी, युएन ओमन, नेपाल रेडक्रस सोसाईटी कैलालीको सहयोगमा डेङ्गो रोग नियन्त्रण तथा रोकथामका लागी लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान गरिएको हो।
डेङ्गो नियन्त्रण सम्बन्धि जनचेतनामूलक र्यालीसहित घरदैलो कार्यक्रम धनगढी २ को तिल्के ताल देखी पुर्वे टोलसम्म लार्भा नष्ट गर्ने अभियान संचालन गरिएको सिइआरटी समूहकी संयोजक लिला तिमील्सेना पोख्रेलले बताईन्। करिब एक हप्ता देखी नै यो अभियानमा जारी छ। उनले अभियान सहभागीमा टोली प्रत्येक घरमै पुगेर पानी जम्न सक्ने भाँडा, गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको जानकारी दिइन्। साथै लामखुट्टेको वासस्थान मास्न लगाइएको थियो।
उनले वडा नम्बर २ को मुस्लीम समुदायमा बढी जसो लामखुट्टेको बासस्थान र लामखुट्टेको लार्भा भेटिएकोले नष्ट गरिएको र सचेतना समेत दिइएको बताइन्। उनले आफु सो वडामा महिला स्वंय सेविकाको संयोजक भएको र एउटा समुह नै बनाएर विपद जोखीम र आपतविपदका बेला उद्धार तथा सचेतना दिदै आइरहेको बताइन्। धनगढी २ मा डेङ्गो रोग नियन्त्रण अभियानमा सहभागी बिकास नेपालीले सो अभियान निरन्तरता दिइने जानकारी गराएका छन्। उनले वडा बासीमा घरवरपर सफा राख्न, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउन,लामखुट्टेको वृद्धि हुने स्थानको नष्ट गर्ने जस्ता सजकता अपनाउन जोड दिएका छन्। बिहान, दिउँसो राति जुनसुकै बेला झुल टाँगेर सुत्ने, पुरा बाहुला भएका र पुरा शरीर ढाक्ने कपडा लगाउन सुझाएका छन्। उक्त अभियानमा २२ जना बढीको सहभागीता रहेको थियो।
धनगढी २ मा डेङ्गो रोग नियन्त्रणका लागी गरियो लार्भा नष्ट गर्ने अभियान
धनगढी २ मा डेङ्गो रोग नियन्त्रणका लागी गरियो लार्भा नष्ट गर्ने अभियान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

