कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ। नगरका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकहरुले आफ्ना मागको सुनुवाई नगरेको भन्दै तालाबन्दी गरेका हुन्।
निजी स्रोत शिक्षक संघर्ष समिति शुक्लाफाँटाले निजी स्रोत शिक्षक लाई स्वतः नगर शिक्षक घोषणा गर्ने लगायत ३ सुत्रिय माग विगत ६ दिने देखि विभिन्न आन्दोलनका कायक्रम गर्दै आएको थियो। समितिका अध्यक्ष भुपेन्द्र सिह धामीले ज्ञापन पत्र, विज्ञप्ति र धर्ना कार्यक्रम गर्दा पनि माग सुनुवाइ नभएपछि तालावन्दी गर्न बाध्य भएको बताएका छन।
समितिले माग पुरा नभएसम्म तालाबन्दी यथावत रहने जनाएको छ। तालाबन्दी पछि समितिद्धारा जारी सूचनामा भनिएको छ ‘निरन्तर ६ दिनको धर्ना कार्यक्रम गर्दा पनि हाम्रा मागहरुको कुनै सुनुवाई नभएकाले आज शुक्लाफँटा नगर शिक्षा शाखामा तालावन्दी गरेका छौ। हाम्रा मागहरु पुरा नहुँदा सम्म तालावन्दी नखुल्ने र हामी निरन्तर आन्दोलमै रहेको व्यहोरा सहित जानकारी गराउदछौ।’ उक्त आन्दोनलमा शुक्लाफाँटामा क्रियासिल नेपाल शिक्षक माहासंघका घटक संस्थाहरु नेपाल शिक्षक संघ एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल राष्टिय शिक्षक संगठनको एक्यवद्धता रहेको जनाइएको छ।