धनगढी। डडेल्धुरामा बस र जिप ठोक्किएर दुर्घटना भएको छ । आज कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला गइरहेको ना ८ ख २३५७ नम्बरको बस र बैतडी खोड्पेबाट डडेल्धुरा तर्फ आइरहेको म १ ज ११४ नम्बरको जिप एक आपसमा ठोक्कीएका हुन्।
डडेल्धुराको पोखरा बजार नजिकै बस र जिप एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।बस र जिप एक आपसमा ठोक्किदा भएको दुर्घटनामा मानवीय क्षति नभएको डडेल्धुरा प्रहरीले जनाएको छ । बसको अगाडिको भाग कुल्चिएको छ। घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।