धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । अहिले ६ बजे २ मन्त्री र १ राज्यमन्त्रीको शपथ ग्रहण समय निर्धारण भएको छ । नागरिक उन्मुक्ति पार्टीका १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसका १ मन्त्रीले शपथ लिने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानून मन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त हुँदै छन् । राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त गर्ने मुख्यमन्त्री कमलबहादुर शाहको तयारी छ । उनीहरू तीनैजनाको आज एकैसाथ शपथ हुन लागेको हो ।


