धनगढी। कञ्चनपुरबाट काठमाण्डौ लैजादै गरेको अवस्थामा गाई, गोरुको छाला बरामद गरिएको छ । आइतबार कञ्चनपुरको पुनर्वास नगरपालीका ११ डोकेबजारमा आईबिआरडिबाट काठमाण्डौ जाँदै गरेको सु.प.प्र.को ०२-००१ ख ११०८ नंम्बरको बसलाई प्रहरीले चेकचाँच गर्दा गाई, गोरुको छाला बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले उक्त बसलाई चेकचाँच गर्दा कञ्चनपुर पुनर्वास ३ आईबिआरडिका ५२ बर्षीय ङेने तामाङ्ग र सिन्धुपाञ्चोक सुनकोशी गाउँपालीका ४ जागिरे यमुनाका ४० बर्षिय सन्तोष कुमार खड्कालाई छालासहित पक्राउ गरेको हो। उनीहरुको साथबाट १५ बोरा (९ प्रति बोरा १०० जम्मा १५० पिस) गाई, गोरुको छाला बरामद गरीएको छ । पक्राउ परेका दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप लिई अन्य अनुसन्धान भईरहेको जनाएको छ ।