कञ्चनपुर। कञ्चनपुरमा वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन्।जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते ‘वन पैदावार पाँचऔले चोरी निकासी मुद्धामा’ एक वर्ष कैद सजाय सुनाइएका भीमदत्त ९ का किसनसिंह कार्की पक्राउ परेका हुन्।
उनी सजाय सुनाइएकै दिनबाटै फरार रहेका थिए। उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। कार्कीलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई कञ्चनपुर जिल्ला अदालतले सजाय भुक्तानको लागी कारागार चलान गरेको जनाएको छ।