धनगढी :धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन्। शनिबार राति ९ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा धनगढीकै जाई बस्ने २८ वर्षीय त्रीसाच मल्ल घाइते भएका हुन् । धनगढी उपमहानगरपालिका ८ मोतिचोक स्थित क्याम्पस चोकबाट मनेहरातर्फ गइरहेको मोटरसाइकल दुर्घटना भएको थियो।
प्रहरीका अनुसार धनगढीकै मल्लले चलाएको से ७ प १७७७ नं. को मोटरसाइकलले छाडागाईलाई ठक्कर दिएको थियो। ठक्करबाट गाई मरेको छ भने चालक मल्लको टाँउको, हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए। उनका अनुसार मल्लको अवस्था मध्यम रहेको र उनको सेती अस्पतालमा उपचार भैरहेको छ।