धनगढी सुदूरपश्चिम अटोमोवाइल्स एशोसिएशनको प्रथम साधारणसभा सम्पन्न भएको छ । सुदूरपश्चिम अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष पुस्कर ओझाको अध्यक्षतामा शुक्रबार धनगढीमा भएको साधारणसभामा नेपाल अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष धुर्ब बहादूर थापा प्रमुख अतिथि रहेका थिए । साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यतिबेला सबैभन्दा मारमा अटोमोवाइल्स क्षेत्र परेको बताए । कोरोना कहरदेखी निकै मारमा रहेको अटोमोवाइल्स क्षेत्र अहिलेको आर्थिक संकटले झन मारमा परेको बताए । देशको अर्थतन्त्रमा निकै महत्वपुर्ण योगदान दिएको अटोमोवाइल्स क्षेत्र धरायसी बन्दा सरकारले सहज वातावरण बनाउन समेत पहल नगरेको थापा बताउँछन् । अहिले इतिहाँसकै कठिन मोडमा अटोमोवाइल्स क्षेत्र रहेको उनले बताए । सरकारको बजेट र राष्ट
बैकंको मौद्रिक नितिले समेत सुधार हुन नसकेको अटोमोवाइल्स क्षेत्र अब केही सुध्रिन्छकी भन्ने आश पलाएको उनि बताउँछन् ।
कार्यक्रममा बोल्दै नेपाल अटोमोवाइल्स एशोसिएशनका उपाध्यक्ष रन्जनबाबु श्रेस्ठले अहिलेको स्थिीतीमा राज्यले अटोमोवाइल्स क्षेत्रको उत्थानका लागी काम गर्नुपर्ने भएपनि त्यो नभएको बताए । कार्यक्रमका बिषिस्ट अतिथी समेत रहेका नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले आर्थिक संकटले सबै ब्यवसाय धराप परेपनि सबैभन्दा बढी अटोमोवाइल्स क्षेत्र समस्यामा परेको बताए । फाइनान्स, बैकंको ब्याज लगायतका कारण ब्यापारी मारमा छन्, यतिबेला राज्यले सहुलियत दिने तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।
साधारणसभाकै अवशरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक बिरेन्द्र जोहारी सहित ३ जना सडक शुरक्षामा महत्वपुर्ण योगदान दिएको भन्दै ट्राफिक प्रहरीलाई जनही १० हजार पुरस्कार सहित सम्मान गरिएको थियो । प्रहरी निरिक्षक संगै प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत ट्राफिक सहायक हवल्दार भुपेन्द्र बहादूर थापा र बरिष्ठ प्रहरी नायब निरिक्षक सादन क्षेत्री भाटलाई जनही १० हजार पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख नेत्रमणी गिरि, नेपाल अटोमोवाइल्स एशोसिएशनका उपाध्यक्ष निराकर श्रेस्ठ, महासचिव सुरेन्द्र उप्रेदी, सचिव बिक्रम सिङ्हानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल लगायत बिषेस ब्यक्तीहरुको सहभागिता थियो । कार्यक्रममा स्वागत मन्तब्य सुदूरपश्चिम अटोमोवाइल्स एशोसिएशनका महासचिव श्यामराज जोशीले राखेका थिए भने, कार्यक्रमको सञ्चालन रबिन पातलीले गरेका थिए ।