कैलाली। कैलालीको चुरेगाउँपालीका ४ मा रुख ढल्दा बिद्युत सेवा अबरुद्ध भएको छ। बर्षातका कारण चुरेगाउँपालीका ४ बाठेघराको जंगलमा रुख ढली लाइन अबरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण धनगढी बितरण केन्द्रले जनाएको छ।
रुख ढली लाइन अबरुद्ध भएकोले त्यसको ब्यवस्थापन र मर्मत सम्भार गर्न समय लाग्ने हुँदा भोलि (आईतबार) मात्रै लाइन संचालन हुने बिद्युत बितरण केन्द्रले जानकारी दिएको छ।