काठमाडौं। काठमाडौंको चन्द्रागिरिमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। चित्लाङदेखि काठमाडौंका लागि छुटेको बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
चन्द्रागिरि नगरपालिका ४ चुनदेवीनजिकैको कच्ची सडकमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले जानकारी दिए। दुर्घटनामा घाइते भएका तीन जनाको उद्धार गरिएको जानकारी उनले दिए। गाडीमा चालकसहित ५ जना सवार थिए। थानकोटबाट डीएसपी अधिकारीसहितको टोली घटनास्थलमा पुगेको छ।गाडी के कारणले दुर्घटना भएको हो भन्ने खुलेको छैन । गाडी सडकबाट पाँच सय मिटर तलको अर्को सडकमा खसेर कच्याककुचुक भएको छ ।