कञ्चनपुर। कञ्चनपुरमा अबैध सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा ताला चाबीलगायत अबैध सामान र एक थान मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।
प्रहरीले पक्राउ गरेका मानिसको परिचय खुलाएको छैन् । ७२ हजार १२० मुल्य बराबरका सामानसहित पक्राउ परेका मानिसलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।