धनगढी : पाँच दिन देखि सम्पर्क विहीन बैतडीका एक १४ वर्षिय किशोर अझै भेटिएका छैनन् । पाँच दिन पहिले सम्पर्क विहीन भएका जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ कनिना डङाका १४ वर्षिय रमेश भट्ट अहिले सम्म नभेटिएका आफन्त बिरेन्द्र भट्टले बताए ।
उनका अनुसार उनी आइतवार दिउँसोदेखि सम्पर्क विहीन छन् । सुस्त मनस्थिति भएका १४ वर्षका छोरा हराएपछि घर परिवारले खोज तलास गरिदिन प्रहरीमा निवेदन दिएको छ ।
आफन्त तथा ईष्टमित्र सबै ठाउँमा खोजतलास गर्दा पनि रमेश कहिँ नभेटिएका बताइएको छ । सम्पर्क विहीन भएका रमेशलाई देख्नेले स्थानीय प्रहरी तथा ९८६८७४४२६७ मा खबर गर्न आफन्तहरु आग्रह गरेका छन्।


