धनगढी : कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको शान्ती ग्रीन पार्कमा ५ सय विरुवा रोपिएका छन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नर बहादुर कर्माचार्यको १०औं स्मृती दिवसको अवसरमा माओवादी केन्द्र गोदावरी नगर कमिटीले पार्कमा वृक्षारोपण गरेको हो ।
पार्कलाई थप हरीयाली बनाउनको लागि विभिन्न प्रजातीका ५ सय विरुवा रोपिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य तथा गोदावरी नगर इन्चार्ज धर्म सिह कुँवरले बताएका छन । अत्तरिया चोक देखि करिब ३ किलोमिटर दुरीमा रहेको उक्त ग्रीन पार्क १ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ३ बर्ष अगाडी स्थापना गरिएको उक्त ग्रीन पार्कमा स्वीमिङ पुल निर्माण गर्ने तयारी गरीएको इचार्ज कुँवरले बताएका छन ।
पार्कको स्तरोन्नतीका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि चालु आर्थीक बर्षमा १० लाख बजेट विनियोजन गरिएको छ । तराइमा फाट भन्दा केही उचो भागमा अवस्थीत उक्त पार्कमा पछिल्लो समय आन्तररिक पर्यटकको आवागतन बढ्दै गएको छ । अत्तरिया बजार नजिकै भएकाले पनि यस पार्कलाई थप व्यवस्थीत बनाउन सके प्रयर्टकिय स्तल बन्न सक्ने कुँवरले बताए ।