धनगढी। धनगढीबाट भन्सार छलिका सामानसहित दुई महिला पक्राउ परेकी छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१२ घलेचोकबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको अवस्थामा धनगढी ७ कि ३५ वर्षीया विन्द्रा राना र सोही ठाउँकी ३८ वर्षीया सुवर्णा रानालाई प्रहरीले पक्राउ गरेको हो ।
१ लाख ३१ हजार ५ सय ३३ मुल्यका झ्यालका पर्दा, हेडफोन, मिनि स्पिकर, लेडिज सुट लगायतका सामान प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको हो। सामान सहित उनीहरुलाई कारबाहीकालागि भन्सार कार्यालय त्रिनगर पठाईएको प्रहरीले जनाएको छ। यस्तै धनगढी उप-महानगरपालिका–३ बाट अबैध रुपमा भन्सार छलि अन्दाजी ४८ हजार ९ सय मुल्य बराबरको सुर्ती, प्लाष्टिक झिल्ली, चिनी, पास्ता, नरिवल, बिष्कुट, मिठाई लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो।