धनगढी। सुदूरपश्चिमका सडकमा भएका दुर्घटनामा गत आर्थिक बर्षभरि एक सय ७७ जनाले ज्यान गुमाएका छन् भने चार सयजना ६३ घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा नायव प्रहरी उपरीक्षक नेत्रमणि गिरीले आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरि दुई सय ४९ सवारी दुर्घटनामा भएका थिए ।गत वर्ष त्यसअघिको वर्षभन्दा कम दुर्घटना भएका छन्। आव २०७८/७९मा पाँच सय एक सवारी साधन दुर्घटनामा परेका थिए। सो आर्थिक वर्षमा एक सय ९६ जनाले ज्यान गुमाएका थिए।
आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ५८ सवारी साधनको दुर्घटनामा एक सय ८६ जनाको मृत्यु भएको र सयौं अंगभंग भएका थिए। ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी नायब उपरीक्षक गिरीको जिकिर थियो।