धनगढी। धनगढीको त्रिनगर प्रहरी चौकीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकास्थीत त्रिनगर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ३ व्यारेलबाट एक ग्राम ५० मिलिग्राम लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी ४ का ३७ वर्षीय बिरेन्द्र खड्कासहित तीन जना रहेको प्रहरीले जनाएको छ। शनिबार राति लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।