कञ्चनपुर। कञ्चनपुरस्थीत महाकाली नदीमा हाम फालेका युवक बेपत्ता भएका छन्। कञ्चनपुरस्थित महाकाली नदीमा शनिवार राति हाम फालेका जनक भट्ट बेपत्ता भएको प्रहरीले बताएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ का २८ वर्षिय भट्टले शनिवार राति झोलुङ्गे पुलबाट नदिमा हाम फालेका थिए। हाम फालेका भट्टको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनले के कारणले नदीमा हाम फाले भन्ने कुरा अहिलेसम्म खुलेको छैन।