धनगढी। सुदुरपश्चिम प्रदेशमा नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ नेफोस्टा फारवेष्ट च्याप्टर गठन गरिएको छ। शनिवार धनगढीमा आयोजित साधारण सभाले नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ नेफोस्टा फारवेष्ट च्याप्टरको कार्यसमितीको अध्यक्षमा महाकाली सुगर मिलका महाप्रवन्धक श्रीकृष्ण महतो निर्वाचित भएका हुन्।
यस्तै कार्यसमितीको सचिवमा कुमार भण्डारी, कोषाध्यक्षमा अक्षिता देवल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा गणेश कुमार रोक्का, राकेश मण्डल, आरती भट्ट र अनिल रावत निर्वाचित भएका हुन्। नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघका केन्द्रीय अध्यक्ष डाक्टर अतुल उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खाद्य वैज्ञानिक तथा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघका केन्द्रीय अध्यक्ष डाक्टर अतुल उपाध्यायले खाद्य ब्यवस्थापन र खाद्य सुरक्षाबारे उपभोक्तालाई थप सचेतना मुख्य कुरा नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघले गर्दै आएको बताए । यस्तै उनले बिक्रम संम्वत् २०४७ सालमा खाद्य विज्ञान तथा प्रविधीको विकास, सम्बद्र्धन र समुचित प्रयोगद्धारा मानव समुदायको हित उत्थान र समुन्नतीको निमित्त योगदान दिने उदेश्य संघको रहेको बताए । नेपाली खाद्यविद तथा खाद्य व्यवसायसंग संघले व्यवसायको सिद्धान्त र आचारसंहिता अनुरुप सामुहिक प्रयास गरी निर्देशित गर्ने र राष्ट्रिय हितमा सघाउ पुराउने योजना रहेको बताए।
केन्द्रीय अध्यक्ष डाक्टर उपाध्यायले खाद्य स्वच्छता गुणस्तर बिधयेक प्रतिनिधी सभामा रोकिएको ऐन सरकारले अबिलम्ब पारित गर्न जोड दिए । उनले शिर्ष तहका राजनितीक दलका प्रतिनिधीसँग सो ऐन पारित गराउन जोडदार माग गर्दै नेफोस्टामा सिनीयर मेम्वरसिपको कुरा भैरहेको र संघियतापछि सो अनुरुप चल्नुपर्ने धारणा राखे । यस्तै फुड सिस्टमलाई ब्यवस्थीत गर्ने कुरामा अब खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघले नेतृत्व लिनुपर्ने बताउँदै १६ बुँदे धोषणा पत्रमा आगामी कार्यदिशा बनाउने योजना रहेको बताए। यस्तै खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघको समुहले खाद्यसम्बन्धि बिभिन्न ¥याली तथा कार्यक्रम गर्ने र बिद्यालयमा गएर खाद्यसम्बन्धि जनचेतना र सचेनता दिन आवश्यक रहेको औल्याए।
उनले केन्द्रीय स्तरको खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघले सुदुरपश्चिममा खाद्य वैज्ञानिक तथा प्रविधिज्ञका लागी आफु लागी परेको बताए । सुदुरपश्चिम अन्य प्रदेश भन्दा पछाडी रहेकाले यस्ता कार्यक्रम गर्न थप सहयोग र बजेट अभाबमा त्यसको ब्यवस्थापन आफुले गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रयण कार्यालय धनगढी प्रमुख तथा वैज्ञानिक तथा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ नेफोस्टा फारवेष्ट च्याप्टर गठन ऐतिहासिक भएको बताए। अब २० कार्यसमितीले बैधानिकता पाएर कमिटी निर्माण गरिएको बताउँदै निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन्यो समिती बिस्तार गर्न र आवश्यक सरसल्लाह सुझाब र निर्देशन दिने नाइजेरियामा रहेका हिक्मत थापा, डाक्टर इन्द्र तिमिल्सेना लगायतका साथीहरुको महत्वपुर्ण भुमिका रहेको बताए । यस्तै नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघ नेफोस्टा फारवेष्ट च्याप्टरका नव निर्वाचित अध्यक्ष श्रीकृष्ण महतोले सुदुरपश्चिममा रहेका खाद्य प्राविधिकहरुलाई संगठित गरी खाद्य विज्ञान तथा प्रविधि सम्बन्धि ज्ञानको विकास र सम्बद्र्धन गर्ने, प्रशिक्षण तथा अनुसन्धानात्मक अनुभवबाट बौद्धिक बिचार आदानप्रदानमा टेवा पुग्ने बिश्वास लिएका छन्।
देशमा वैज्ञानिक अनुसन्धानको वातावरण सिर्जना गरी त्यसलाई सक्रिय तुल्याउने, खाद्य प्रविधि सम्बन्धि बिषयको माध्यमद्धारा राष्ट्रिय बिकासमा योगदान दिने ब्यक्तीलाई प्रोत्साहन गर्ने, खाद्य प्रविधिज्ञ तथा व्यवसायी बिचको एकता सद्भावना भातृत्व र सिस्टचारको अभिबृद्धि गर्ने उदेश्य रहेको नव निर्वाचित अध्यक्ष महतोको भनाई छ। कार्यक्रममा निर्वाचित हुने पदाधिकारीहरुलाई मुख्य निर्वाचिन अधिकृत हरि सिंह बोहराले शुभकामनासहित प्रमाणपत्र प्रदान गरेका थिए । यस्तै प्रमुख अतिथी नेपाल खाद्य वैज्ञानिक तथा प्रविधिज्ञ संघका पुर्व उपाध्यक्ष खाद्य वैज्ञानिक तथा वरिष्ट खाद्य अनुसन्धान अधिकृत नवराज दाहालको उपस्थितिमा केन्द्रीय अध्यक्ष डाक्टर अतुल उपाध्यायले पद तथा गोपनियताको सफत ग्रहण गराएका थिए। कार्यक्रममा होमनाथ न्यौपाने, प्रविण ओझा, अर्जुन अधिकारी, विकल श्रेष्ठ आरित भट्ट लगायतको उपस्थीती रहेको थियो।