धनगढी। नेपाल तरुण दल कैलालीले सेती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ। आज(शनिवार) ४१औँ विपि जयन्तीको अवसर पारेर सेती प्रादेशिक अस्पतालमा उपचार गराई रहेका १०० जना विरामीहरुलाई फलफुल वितरण गरिएको दिपेन्द्र बहादुर बमले बताए।यस्तै विपि जयन्तीको अवसरमा केन्द्रीय तालिका अनुसार विभिन्न कार्यक्रम गरिरहेको नेपाल तरुण दलका केन्द्रीय सदस्य अमृत बिसीले जानकारी दिए। विगतका वर्षमा वृक्षारोपण, रक्तदान कार्यक्रम गरिरहेको उनले बताए। फलफुल वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लोकबहादुर खडका, लगायत तरुण दलका पदाधिकारी, नेपाली काँग्रेसका भातृ संगठनका विभिन्न संघ सस्थाका प्रतिनिधि, नेपाल विद्यार्थी संघलगायतको सहभागिता रहेको थियो।
यस्तै बीपी स्मृति दिवसकै अवसरमा नेपाली कांग्रेस धनगढी नगरकार्य समितिको आयोजना तथा नेपालि कांग्रेस धनगढी १२ वडा कार्यसमितिको ब्यबस्थापनमा वृक्षारोपण गरिएको छ । धनगढी १२ डि गाउ हनुमान मन्दीर परिसरमा वृक्षारोपण गरिएको नेपाली कांग्रेस धनगढी-१२ का वडा सभापती डबल बहादुर थापाले बताए। प्रतिनिधी सभासदस्य डिल्लिराज पन्तद्धारा वृक्षारोपण कार्यक्रमको उद्घाटन गरिएको थियो । साथै वडाको बिकास निर्माणका योजनाहरुको बारेमा छलफल वडा सभापती थापाले बताए।
धनगढीमा नेपाल तरुण दलद्वारा फलफूल वितरण तथा वृक्षारोपण
धनगढीमा नेपाल तरुण दलद्वारा फलफूल वितरण तथा वृक्षारोपण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु