कञ्चनपुर। कञ्चनपुरमा भन्सार छली भित्र्याईएका अवैध सामान बरामद गरिएका छन्। कञ्चनपुरको लालझाडी गाउँपालिका-१ नौरंगाबाट भन्सार छली भित्र्याइएका करिब १६ लाख रुपैया भन्दा बढीको अवैध मालसामानसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
अबैधसामान सहित गाडीचालक कृष्णपुर नगरपालिका-५ का ३० वर्षीय लोकेन्द्र बोहोरा र सहचालक लालझाडी-१ का १९ वर्षीय बिशाल बडायक लाई पक्राउ परेका हुन्।सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गण मातहतको बीओपी दोदाबाट खटिएको टोलीले शुक्रबार राति १६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको हो। उनीहरूले सामान ल्याउन प्रयोग गरेको पिकअप भ्यान पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी ३५ नम्बर गणले जनाएको छ।