धनगढी। हालै क्याम्पस प्रमुख र केन्द्रीय क्याम्पसका बिभागीय प्रमुखको नियुक्तिमा नेपाल प्रगतीशील प्राध्यापक संगठनले आपत्ती जनाएको छ।
नेपाल प्रगतीशील प्राध्यापक संगठन सुदुरपश्चिम प्रदेशले विश्वबिद्यालय कार्यकारी परिषद र प्रशासनले गरेको क्याम्पस प्रमुख र केन्द्रीय क्याम्पसका बिभागीय प्रमुखहरुको नियुक्तिमा आपत्ती जनाएको हो।नेपाल प्रगतीशील प्राध्यापक संगठन सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव मान बहादुर जोराद्धारा शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो आपत्ती जनाएका हुन्।
प्रेस विज्ञप्ति मार्फत मिती २०८० असार ३० गते बसेको कार्यकारी परिषद्को बैठकले मुठ्ठीभरका केही ब्यक्तिहरु र आफ्ना नातागोतालाई फाईदा पुग्ने गरी गरिएको क्याम्पस प्रमुख र केन्द्रीय क्याम्पसका विभागीय प्रमुखहरुको नियुक्तले गम्भीर ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ। यस्ता निर्णयहरु यथाशीघ्र फिर्ता लिई नेपाल प्रगतिशील संगठनसंग समन्वय र संयोजन गरी ज्येष्ठता, क्षमता, योग्यता र प्राज्ञिक क्षमताका आधारमा पुनः नियुक्त गरी विश्वबिद्यालयलाई प्रभावकारी तवरबाट अगाडि बढाउन ध्यानाकर्षण गराउन चाहान्छौँ,भनिएको छ।
यस्तै, प्रेस विज्ञप्ति मार्फत सुदुरपीश्चम विश्वबिद्यालयका यस्ता स्वच्छाचारी,गैरजिम्मेवार र निकृष्ट राजनितिक प्रभावबाट गरिएका सम्पुर्ण निर्णयहरु तुरुन्त सच्याउन माग गरिएको छ । यी मागहरु तत्काल सम्बोधन नगरिए उत्पन्न हुनसक्ने जुनसुकै घटनाको जिम्मेवारी उपकुलपति र रजिस्ट्रारले लिनुपर्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ।विज्ञप्तिसहित हेर्नुहोस् यहाँ तल