कैलाली । कैलालीमा आठ वर्षदेखि फरार वन मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार २०७२ साल पुस ३० गते जिल्ला अदालत कैलालीले ११ हजार रुपैयाँ जरिवाना तोकेका जानकी गाउँपालिका–९ का वन मुद्दाका प्रतिवादी ३२ वर्षीय भागीराम चौधरीलाई पक्राउ गरिएको हो ।शुक्रवार दिउँसो प्रहरी चौकी अमरावतीबाट खटिएको टोलीले चौधरीको घरमा छापा मारेर उनलाई पक्राउ गरेको बताइएको छ ।