कैलाली। कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किएका छन्। शुक्रबार जिल्लाको कैलारी गाउँपालिका-५ मनिकापुरमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ४ जना घाईते भएका छन्।
गोदावरी नगरपालिका-५ का २७ वर्षीय अमृत रानाले चलाएको से ७ प २९५३ नम्बरको मोटरसाइकल र कैलारी गाउँपालिका–३ का सन्जु चौधरीले चलाएको से ६ प २८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।
गोदावरी नगरपालिका–५ का राना सामान्य घाईते भएका छन्। यस्तै त्यस्तै अर्का चालक कैलारी गाउँपालिका–३ का चौधरीलाई बढी चोट लागेकोले नोभा अस्पताल धनगढीमा उपचार भैरहेको प्रहरीले जनाएको छ। चौधरीको बाइक पछाडि सवार दुई जना सामान्य घाइते भएका छन्। उनीहरुको हसुलिया अस्पाल कैलारीमा उपचार भइरहेको छ।