कञ्चनपुर। कञ्चनपुरमा विङ्गरले जीपलाई ठक्कर दिँदा १० जना घाइते भएका छन्। शुक्रबार कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बंकमा विङ्गर र जिप एक आपसमा ठोक्किदा १० जना घाइते भएका हुन् ।
कृष्णपुर २ बंकमा कृष्णपुर नगरपालिकाको जिपलाई विपरीत दिशाबाट आईरहेको म १ ज २८७ नम्बरको विङ्गरले अगाडीको गाडीलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नगरपालिकाको से १ झ २४६ नम्बरको जिप चालक जनक भण्डारी घाईते भएका छन्। उनको छातीमा चोट लागेकोमा निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए। त्यस्तै विङ्गरमा सवार ८ जनाको बाणी स्थित बाणी अस्पतालमा उपचार भईरहेको छ।
यस्तै घाईते हुनेमा बैतडी दशरथ चन्द नगरपालिका २ का २४ वर्षिय आनन्द पुजारा, बझाङको बुङ्गल नगरपालिका ३ का ३० वर्षय गाणेश बोहरा, सोही ठाउँका ४७ वर्षिय जय लाल बोहरा छन्।त्यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका ६ का ४० वर्षिय महेश भट्ट,सोही ठाउँका ३५ वर्षिय प्रकाश बहादुर भट्ट, कृष्णपुर नगरपालिका २ का ३० वर्षिय प्रकाश नाथ र शुक्लाफाँटा नगरपालिका ६ का ६० वर्षिय चन्द्रा देवी ऐर र शान्ति देवी ऐर रहेका छन्। से १ ज २८७ नम्बरको विङ्गर चालक लालझाडी गाउँपालिका ४ का धनबहादुर बोहराको पनि बाणी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।