कैलाली। कैलालीमा ८ बर्षदेखि फरार सार्वजनिक मुद्दाका अभियुक्त पक्राउ पक्राउ परेका छन्। सार्वजनिक मुद्दामा ५ हजार जरिवाना तोकिएका कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाँडाका ३५ बर्षीय आर्यन बोहरा ८ बर्षपछि पक्राउ परेका हुन।
उनलाई जिल्ला अदालत कैलालीले २०७२ चैत्र २३ गते सार्वजनिक मुद्धामा ५ हजार जरिवानाको फैसला गरेको थियो। सोही समय देखि फरार रहेका बोहरालाई बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी गणेश बरालले बताएका छन्। उनले पक्राउ परेका बोहरालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत धनगढीमा पेश गरिएको बताए।