धनगढी : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश शिहं धामीले पुर्व उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री समेत रहेका एमाले सचिव लेखराज भट्ट सित भेटघाट गरेका छन् । आज भट्टको निजि निवास अत्तरियामै पुगेर मन्त्री धामीले भेट गरेका हुन् । नेकपा बिभाजन पश्चात भट्ट एमालेतिर लागेपछि धामी र भट्टको यो भेट पहिलो हो ।
मन्त्री धामीका अनुसार आफ्नो मन्त्रालयबाट गर्न सकिने कामका बारेमा भट्टबाट सुझाव लिन मन्त्रालयको टिम सहित भट्ट निवनस अत्तरिया पुगेको हो । २ पटक उधोग, बाणिज्य मन्त्रालय चलाइसकेका लेखराज भट्टबाट उधोग तथा बाणिज्यका क्षेत्रमा के काम गर्न सकिन्छ भनेर सुझाव मागेको धामीले बताए । भट्टबाट सकारात्मक सुझाव आएको बताउँदै धामीले सहयोगको समेत प्रतिबद्धता पाएको बताए ।