धनगढी। कैलालीको गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरीबाट बुधवार साँझ कञ्चनपुर कृष्णपुर नगरपालिका–८ का २५ वर्षीय भुवन चौधरीलागुऔषधसहित पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलिले चेकजाँच गर्दा उनको साथबाट २२० मिलीग्राम लागुऔषध फेला पारि पक्राउ गरिएको डिएसपी गणेश बरालले बताए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।