धनगढी। कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार दिउँसो कैलालीको जानकी गाउँपालिका-१ तोरैयापुरबाट २५ वर्षीय ओमकार चौधरी पक्राउ परेका हुन् । सोही ठाउँबाट पक्राउ परेका चौधरीको साथबाट एक ग्राम ९ सय २० मिलिग्राम लागूऔषध बरामद गरेको छ।
यस्तै टिकापुर नगरपालिका–१ समितिपुरबाट २ सय ५० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका छन्। सोही ठाउँका २२ वर्षीय नबिन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। लागुऔषधसहित पक्राउ परेका दुबै जनामाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।