कञ्चनपुर। कञ्चनपुरमा बहु-विवाह मुद्धाका फरार कसुरदार पक्राउ परेका छन् । कञ्चनपुर जिल्ला अदालतको मिति २०७८ पौष ४ गतेको फैसलाले बहु-विवाह मुद्धामा १० महिना ४ दिन कैद र रु १० हजार सजाय भई फरार रहेका बेलौरी नगरपालीका ८ का कृष्ण रानालाई प्रहरीले पक्राउ गरेको हो।
प्रतिवादी रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आज निजकै घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रतिवादी रानालाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ।