कञ्चनपुर। कञ्चनपुरमा भन्सारछली गर्ने एक जना पक्राउ परेका छन् । कञ्चनपुरमा भन्सारछलीका अबैधसामानसहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । तर उनको परिचय खुलाइएको छैन्।
मंगलबार जिल्लाको भिमदत्त नगरपालिका-४ बाट बुधबार ९५ हजार आठ सय मुल्य बराबरका भन्सार छलीका साडी, धोती, कोटपाईन्ट, सेतो कपडा, कालो झिल्ली र तीन थान साइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। अबैध सामानसहित मान्छेलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको कञ्चनपुर प्रहरीले जनाएको छ।


