धनगढी। कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक बालकको मृत्यु भएको छ। कैलालीको पुर्बी क्षेत्रमा निर्माणाधिन रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
लम्कीचुहा-६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको आज दिउँसो साढे २ बजे रानी जमरा कुलरीयामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव नदीमा डुबेको तीन घण्टापछि फेला परेको प्रहरीको भनाइ छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।