धनगढी। धनगढीमा पहिलो पटक किशोरकिशोरीले समाजमा गरेको योगदान र खेल्ने उत्तरदायित्वका आधारमा दिइने ग्लोकल टिन हिरो अवार्डको बारेमा अन्तरकृया गरिएको छ ।
नगर बाल संजाल धनगढीको आयोजना तथा मालिकार्जुन दार्चुला सेवा समिती धनगढीको सहकार्यमा मंगलबार अन्तरकृया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सामुदायिक तथा निजि विद्यालय तथा बिभिन्न क्षेत्रमा आवद्ध १०० जना किशोरकिशोरीको सहभागीता रहेको थियो। कार्यक्रममा बोल्दै मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष महेन्द्रराज पन्तले समाजको अभिभावकिय भुमिकामा रहेकाले आफुले किशोरकिशोरी सङ्ग सम्बन्धित कार्यक्रममा सहकार्य गर्न पाँउदा खुसी लागेको बताए।
यस्तै आयोजक नगर बाल संजालका अध्यक्ष मातृका प्रसाद उपाध्यायले नगर बाल संजालले यस्ता कार्यक्रम गर्ने र त्यसमा सबैको सहभागीता हुने बिश्वास ब्यक्त गरेका छन्।कार्यक्रममा प्रस्तुतिकरण ग्लोकल टिन हिरो प्रदान गर्ने ग्लोकल प्राइभेट लिमिटेडकि कर्पोरेसन म्यानेजर सरु प्याकुरेलले ग्लोकल टिन हिरोको विगत र वर्तमान र आबेदन प्रक्रियाबारे अभिमुखिकरण प्रदान गरेकी थिइन्।कार्यक्रमको सहजिकरण एबम संचालन नगर बाल संजालका निवर्तमान कार्यसमिति सदस्य प्रविन चन्दले गरेका थिए।