कैलाली। कैलालीका नदीमा वहाव बढेसँगै डल्फिन देखिन थालेका छन्। जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेका नदीहरुमा पाईने विश्वमै दुर्लभ डल्फिन यस वर्ष पनि देखिन थालेका हुन् ।
कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा पाइने गर्दछ । नदीको वहाव बढेसँगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाइने डल्फिनका साथै ओत, कछुवा, गोही, पन्छी, लोपोन्मुख माछा समेत पाईने गर्दछन् ।बर्षात्का चार महिना असार, साउन, भदौ र असोज डल्फिन देखा पर्दछन् ।
कैलालीका नदिहरुमा भेटिने डल्फिनको संरक्षण र सम्बद्र्धन गर्न सक्ने यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन पनी एक हो । जनावरविद्का अनुसार खासगरी समुन्द्री क्षेत्रमा पाईने यो जीव मांसाहारी हो ।
नदीहरूमा पानीको सतह बढेपछि दुर्लभ जलप्राणी डल्फिन आइपुगेको डल्फिन संरक्षणकर्मीहरु बताउछन् ।कर्णाली नदीमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि ४ महिना मात्रै बस्ने गर्छन् ।नदीमा पानीको सतह बढेपछि यहाँ बच्चा हुर्काउन डल्फिन आउने गर्दछन । यी साहयक नदिहरुमा शुद्व पानीमा पाउने भएकाले डल्फिनले प्रजनन केन्द्रका रुपमा पनि रोज्ने गरेको विज्ञहरुको भनाइ छ ।
विश्वमै दुर्लभ डल्फिन संरक्षणको लागी स्थानियहरु समेत लागी परेका छन । डल्फिनलाई पृथ्वीमा रहेका केही धेरै वुद्धिमान जीव मध्येमा लिइन्छ । यसले मानिसले जस्तै ऐनामा आफूलाई पहिचान गर्ने, चालचलन सिक्ने, अरुमा सहानुभूति राख्ने, संकेतले कुराकानी गर्ने र मानिससंग नजिकिन मन पराउने गरेको छ । नेपालमा पाईने डल्फिन भारत र बंगलादेशमा मात्र पाइन्छ ।सधैं खुसी रहने बानी र मानिससँगको मित्रवत व्यवहारले मानिसको प्रिय जीवका रुपमा समेत परिचित छ ।