धनगढी। सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले मुक्त कमैयाका लागी प्रदेश सरकारले बिभिन्न रोजगारका कार्यक्रम ल्याएको बताएका छन्। कैलालीको गौरीगंगा ८ लिक्मामा मुक्त कमैया नगर बिकास समिती कैलालीको आयोजनामा भएको २३ औँ कमैया मुक्ति दिवसको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले आजको दिन कमैयालाई बन्धकबाट मुक्त गराइएको दिनका रुपमा स्मरण गर्नुपर्ने बताउँदै अब कसैको दासमा नभई स्वतन्त्र रुपमा अघि बढ्न सुझाब दिए। अब आउने पुस्ताहरुले आगामी दिनहरुमा कमैया बस्नुपर्नेको अवस्थाको अन्त्य भएको बताउँदै आर्थिक जिवनमा परिवर्तन ल्याएर सुधार गर्नुपर्ने कुरामा जोड दिए । कमैया बसेकाहरुको आवश्यकता परिपुर्तीका लागी अहिलेको राज्य ब्यवस्थाले गर्नुपर्ने जोड दिए ।
कमैया तथा आर्थिक रुपले पछाडि परेको बर्गका केन्द्र सरकारले निती नियम बनाउने, प्रदेश सरकारले समन्वय तथा केन्द्रले गर्न नसकेको काम गर्ने र स्थानियले प्रत्येक्ष जनताको घर दैलोमा सेवा दिने उदेश्य रहेको छ । बिगतभन्दा आजभोली स्वतन्त्र रुपमा बिद्याथीहरु स्कुल जान पाइरहेका छन् । दुई पैसा कमाउने ठाउँमा स्वतन्त्र रुपमा काम गरिरहेको बताउँदै केही न केही परिवर्तनको आभाब भएको बतााए । यस्तै अहिले कमैयाहरुका लागी प्रदेश सरकारले निती तथा कार्यक्रममा ब्यवस्था गरेको जानकारी दिए । यो गरिब बिपन्न बर्ग तथा कमैयाहरुलागी भएको उनले बताए ।
उद्योगधन्दा कलकारखाना स्थापना गर्ने र त्यो प्रदेश सरकारले सम्बर्धन र प्रबर्धन गर्ने, हामो पर्यटन प्रर्बधन गर्न सुबिधा पहिचान गरी र होमस्टेको सुबिधा तथा सामुदायीक बनहरुबाट बिभिन्न रोजगारी सिर्जना गर्ने प्रदेश सरकारले निर्णय गरेको बताए ।२३ औँ कमैया मुक्ति दिवसको कार्यक्रममा राष्ट्रिय सभाका माननीय सदस्य तथा नेकपा(माओवादी केन्द्र)सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष हरिराम चौधरी(उत्सव),संविधान सभा सदस्य कृष्ण कुमार चौधरी,हरि श्रीपाली,प्रदेश सरकारका मुख्यन्याधिवक्ता आदरणीय कुलानन्द उपाध्य,गौरीगङ्गा नगर प्रमुख देबिदत्त कडेल,राजनैतिक दलका नेताहरु,वडा अध्यक्ष ज्युहरु,कमैया मुक्ति समाजका पदाधिकारी, अगुवा लगायतको उपस्थीती रहेको थियो ।