धनगढी। धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आइतवार बिहान धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थीत डाँडागाउँमा करेन्ट लागेर ४८ वर्षीया सावित्री जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


