कञ्चनपुर। कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिकामा इजाजत नलिई सञ्चालनमा रहेका मेडिकलमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ। भने दुई जना फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलनमा शुक्रबार र शनिबार विशेष सूचनाका आधारमा ईजाजत नलिई सञ्चालनमा रहेका अबैध ६ स्थानका मेडिकलमा छापा मार्दा ४ जनालाई पक्राउ गर्न सफल भएको र २ जना फरार भएको जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक कमल थापाले भीमदत्त नगरपालिका–७ की विमला उपाध्यायले चलाएको अवैध मेडिकलमा छापा मारेर उनलाई पक्राउ गरिएको बताए।
त्यस्तै भिनपा-१६ नम्बर वडा मझगाउँका राजेन्द्रबहादुर चन्द, भीमदत्त नगरपालिका–१० सुकासाल बस्ने सुरेश पाण्डेय र मोहनबहादुर रोकायाले सञ्चालन गरेको दुई मेडिकललाई सिल गरेर दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक थापाले जानकारी दिए । यस्तै प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१६ बसन्तपुरका बिरेन्द्रराज पन्तको पसलबाट ९४ प्रकार र १३ नम्बर वडाका रामबहादुर बिष्टको पसलबाट एक सय २५ प्रकारका औषधि बरामद गरिएको छ।
उनीहरु बिरेन्द्रराज र रामबहादुर फरार रहेको प्रहरीले जनाएको छ।उनले जिल्ला भित्र अबैध रूपमा सञ्चालनमा रहेका मेडिकलहरूमा क्रमशः अनुसान्धान जारी रहने र त्यासो पाए कानुन अनुसार कार्वाहि गरिने समेत बताए । प्रहरीले उनिहरू विरूद्व मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधि बिक्री-वितरणविरुद्ध मुद्दा चलाउने जनाएको छ। उनले अहिले भिमदत्त नगरपालिका भित्र मात्रै एक्सन थालेका बताउँदै बिस्तारै प्रहरी अनुसान्धानका क्रममा त्यसो पाईए कार्वाहिका लागि एक्सन थाल्ने जानकारी दिए। यस अघि दोधारा चाँदनीका विभिन्न स्थानमा अबैध रूपमा सञ्चालन गरेका मेडकलमा छापा मारेर ११ जना भारतिय नागरिकलाई पक्राउ गरी मुद्वा चलाई सकेको छ ।
गत आर्थिक बर्ष भन्दा यस बर्ष मुद्वाको संख्यामा वृद्वि भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा छ ।आर्थिक बर्ष २०७८/०७९ मा ८६९ मुद्वा थिए भने सो संख्या बढेर आर्थिक बर्ष २०७९/०८० मा ९७५ मुद्वा दर्ता भएका छन् । जसमा पछिल्लो आर्थिक बर्ष भन्दा गत आर्थिक बर्ष ०७९/०८० मा एकसय बढिले मुद्वाको संख्यामा बृद्वि भएको कञ्चनपुर प्रहरी प्रमुख थापाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । जसमा सबै भन्दा बढि लागू औषधका मुद्वा रहेको र सबै भन्दा बढि लागू औषधको ३ सय ५१ दर्ता भएको उनको भनाई छ । जिल्लामा गत आर्थिक बर्ष ०७९/०८० मा ९८ वटा आत्महत्याका घटना भएका छन्।