कैलाली। अनेरास्ववियु कैलालीका पूर्व अध्यक्ष भरत खडकाको निधन भएको छ । जिल्लाको लम्कीचुहाका निवासी उनको हृदयाघातका कारण निधन भएको हो । भलिबल खेलाडीसमेत रहेका उनको निधनपछि अनेरास्ववियु शोकमा डुबेको छ।
अनेरास्ववियु कैलाली संयोजक राहित बोगटीद्धारा शोक बक्तव्य जारी गर्दै २०६३ सालका अनेरास्ववियुका अध्यक्ष, बिद्यार्थी आन्दोलनका एक योद्धा खड्काको अल्पायुमै असमाहिक निधनले सिङ्गो अनेरास्ववियु कैलालीलाई मर्माहत बनाएको उल्लेख गरिएको छ। बिद्यार्थी आन्दोलन, २०६२,०६३को जनआन्दोलन र समाज परिवर्तनका लागी गर्नुभएको योगदानलाई अनेरास्ववियु कैलालीले सधै स्मरण र अनुशरण गर्ने बताइएको छ। यस्तै अनेरास्ववियु कैलाली संयोजक बोगटीले स्व। खड्काप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।